एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला
काठमाडौं। एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र आज (माघ ३ गते)देखि बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो ।
बैंकले बिक्री खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता छुट्याएको छ । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ । यो ऋणपत्रमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समय भित्र आवश्यक मात्रामा ऋणपत्र बिक्री नभएमा माघ १७ गतेसम्म भर्न सकिने पनि बैंकले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment