२० प्रतिशत बोनसपछि नाडेप लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । समायोजनपछि सेयर मूल्य ८ सय ६५ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस अघि आइतबार नेप्सेमा संस्थाको सेयरको अन्तिम कारोबार १ हजार ३९ रुपैयाँमा भएको थियो ।
संस्थाको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment