शान्ति मिसनमा दक्षिण लेबनानमा खटिएको नेपाली सेनाले बनायो कृषि पोखरी र उद्यान

डिसी नेपाल
४ माघ २०७८ ९:४७
216
Shares

काठमाडौं।संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको बर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ ।

पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त रुपमा परियोजनाको उदघाटन गरे ।

गणले ३१ ह्जार २ सय अमेरिकी डलर लागतमा बनाएको पोखरी र उद्यान हालै मात्र हस्तान्तरण गरिएको छ ।महासेनानी बानियाँले परियोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताए ।

नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागिता सुरु गरेको थियो । त्यहाँ कार्यरत बर्दहादुर गणले लेबनानको शान्ति र स्थायित्व कायम गर्न काम गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.