प्रदेश नं १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लाग्छः मुख्यमन्त्री राई

डिसी नेपाल
४ माघ २०७८ २०:५९
128
Shares

काठमाडौं। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।” मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.