ह्वातै बढ्यो सुनको मूल्य

डिसी नेपाल
६ माघ २०७८ १०:५७
528
Shares

काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ। बिहिबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको छ ।

बुधबार प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो।बुधबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ३ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.