अनलाइनमार्फत जुवा खेलाउने १२ जना प्रहरी फन्दामा
फाईल तस्बिर
काठमाडौं । नेपाल बसेर अमेरिकामा जुवा खेलाएको भन्दै प्रहरीले काठमाडौको किर्तिपुरबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाले काठमाडौँले मोबाइल मार्फत एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रशाद कोइरालाका अनुसार कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायतका विद्युतीय उपकरणहरूपनि बरामद गरिएको छ ।
कोइरालाका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।







डिसी नेपाल








Facebook Comment