भन्सार छली ल्याइएको ३० लाख बराबरको सामान बरामद
पर्सा। भन्सार छलीका सामान बोकेको एक ट्रकसहित चालकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट ३० लाख मूल्य बराबरको समान बरामत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
उक्त ट्रकमा भएको मालसमानसहित ३० लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment