हेर्नुहोस् कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५ पैसा कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment