एसियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
११ माघ २०७८ ९:०६
68
Shares

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । कम्पनीले लाभांश र साधारण सभाको लागि माघ १२ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार कम्पनी आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने र सभामा सहभागी हुन पाउने छन्।

बैंकले २७ प्रतिशत लाभांश पारित गर्न  माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा कम्पनीले ५१ प्रतिशत स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.