छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला

डिसी नेपाल
११ माघ २०७८ ९:२०
128
Shares

काठमाडौं। छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर  आज (माघ ११ गते, मंगलबार) देखि बिक्री खुल्ला भएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा प्रतिकित्ता १०० अंकित दरले ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले यस हकप्रद सेयरमा फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै,नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.