५.९२ अङ्कले घट्यो नेप्से परिसूचक, लाइफ इन्स्योरेन्सबाहेक सबै उपसुचक राताम्मे

डिसी नेपाल
११ माघ २०७८ १५:१७
48
Shares

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ५.९२ अङ्कले घटेर २ हजार ८१४.७४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ३ सय २२ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : अपि पावर कम्पनी र एनआइसी एशिया बैंकको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ बाट उपसुचकमा लाइफ इन्स्योरेन्सबाहेक सबै उपसुचक राताम्मे भएको छ। आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । विन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र र गोर्खाज फाइनान्सका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.