सहारा एप र ग्रीनसिटी अस्पतालबीच सम्झौता

डिसी नेपाल
१२ माघ २०७८ १०:१७
180
Shares

काठमाडौं। सहारा एप र ग्रीनसिटी अस्पतालबीच सम्झौता भएको छ। एक कार्यक्रमबीच सहाराले ग्रीनसिटी अस्पतालसँग राइडर तथा यात्रुका लागि उपचार खर्चमा छुटको व्यवस्थासहित ५ बुँदे सम्झौता गरेको हो।

ग्रीनसिटी अस्पतालको तर्फबाट मार्केटिङ डाइरेक्टर श्रीकृष्ण बिडारी र सहारा एपको तर्फबाट अध्यक्ष शेखर श्रेष्ठले उपचार खर्चमा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। सोही दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरूको उपचार खर्चमा छुट शुरू भएको छ।

यात्रु र सहारा पार्टनर दुवैको राइट सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले ग्रीनसिटी अस्पतालसँग एक वर्षका लागि उपचार खर्चमा छुट सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।

‘हामी प्राइभेट कम्पनीले पनि सामाजिक दायित्व वहन गर्नुपर्छ र हामीसँग सम्बन्धित जति पनि सेवाहरु छन्, तिनीहरुलाई सामाजिक सहयोगको रुपमा सहयोग गर्नुपर्छ भन्ने लागेर पहिलो चरणमा ग्रिनसिटी अस्पतालसँग सहकार्य गरेको हो’, श्रेष्ठले भने।

त्यसैगरी, उनले सहाराले आफ्ना पार्टनरहरूबाट कुनै किसिमको कमिशन नलिएको जानकारी दिए। नेपालमा विभिन्न कम्पनीका राइडरहरूले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुराउँदा संकलन हुने सबै रकम राइडरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए। उनका अनुसार यो व्यवस्था १ वर्षसम्मका लागि लागू हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.