ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१२ माघ २०७८ १०:५९
236
Shares

सप्तरी। सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  ट्रकको ठक्करबाट सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको स१०प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना३ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खीलाराज खतिवडाले जानकारी दिए ।

शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.