एनआरएनए-डे मा ३ सय ८६ जना श्रमिकले लिए नि:शुल्क लाभ
दाेहा। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) कतारले २३औं स्थापना दिवस श्रमिकहरुको साथमा केक काटेर मनाएको छ।
नासिम मेडिकल सेन्टरसँगको सहकार्यमा कतारमा रहेका ३ सय ८६ जना नेपाली श्रमिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै एनसिसी कतारले शुक्रबार आफ्नो २३ औं स्थापना दिवस मनाएको हो।
मेडिकल सेन्टरका विशेषज्ञ चिकित्सकहरूद्वारा रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआई परीक्षण, दन्त परामर्श तथा आधारभूत स्वास्थ्य परीक्षणका साथै सामान्य चिकित्सकीय परामर्श प्रदान गरिएको थियो।

अध्यक्ष कृष्ण पन्थीका अनुसार श्रमिकको बाक्लो उपस्थिति कारण सबैको स्वास्थ्य परीक्षण एकैदिन गर्न संभव नभएपछि १ सय ८५ जनालाई टोकन वितरण गर्दै ३१ डिसेम्बर सम्म नि:शुल्क स्वास्थ्य परीक्षणको लाभ लिन भनिएको बताए।
श्रमिकहरुको संस्था भएकाले तडकभडक नगरी श्रमिक लक्षित कार्यक्रम गरि स्थापन दिवस मनाउदै गर्दा दोहामा रहेका नेपालीहरुले संस्थालाई धन्यवाद ज्ञापन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment