सुन र चाँदी दुवैको मूल्यमा गिरावट: सुन तोलामा ३,८०० ले घट्यो

डिसी नेपाल
१३ असोज २०८३ १०:५०

काठमाडौं। नेपाली बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेसँगै मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो। त्यस्तै, आइतबार भने तोलामा ७०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि मङ्गलबार गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी तोलामा १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *