नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
काठमाडौं । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। आज सोमबार नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५७ कम्पनिका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ मा कारोबार भएको थियो। आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी १० प्रतिशत केबीएल डिभेन्चर ९० को शेयर १२.१७ प्रतिशतले बढेको छ भने ७ प्रतिशत लक्ष्मी सनराइज डिभेन्चर २०९२ को शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १०.५८ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको ३५ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २९ करोड ७८ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment