मिडियामा प्रकाशित समाचार फिर्ता लिन ट्रम्पको माग

डिसी नेपाल
१३ असोज २०८३ ११:०१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रतिबन्धहरूमा छुट र फ्रिज गरिएको रकमसम्मको पहुँच दिने प्रस्ताव गरिएको सम्बन्धी एक्सिओसको रिपोर्टलाई खण्डन गरेका छन्।

ट्रम्पले ट्रुथ सोसलमा आफूले इरानलाई ‘केही पनि अफर नगरेको’ भन्दै उक्त रिपोर्टलाई गलत बताएका छन्। ट्रम्पले एक्सिओसको रिपोर्टलाई झुटा ठहर गर्दै त्यसलाई तुरुन्त फिर्ता लिन माग गरेका छन्।

एक्सिओसले अमेरिकी अधिकारीहरूको हवाला दिँदै इरानको परमाणु कार्यक्रममा ठोस कदम चाल्ने बदलामा प्रतिबन्धहरूमा छुट र फ्रिज गरिएको इरानी रकमसम्मको पहुँचको प्रस्तावमाथि विचार गरिएको रिपोर्ट गरेको थियो।

यसैबीच, अमेरिकाका पूर्व परराष्ट्रमन्त्री एन्टोनी ब्लिङ्कनले एक्सिओसको रिपोर्टमाथि एक्समा पोस्ट गर्दै यो केही सुनिसकेको जस्तो लागिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘यो धेरै हदसम्म त्यो परमाणु सम्झौता जस्तै छ, जसमा राष्ट्रपति ओबामाले छलफल गरेका थिए र जसमा मैले पनि काम गरेको थिएँ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा त्यो सम्झौता अन्त्य गरिदिएका थिए र त्यसको साटो कुनै वैकल्पिक व्यवस्था गरेका थिएनन्।’

ब्लिङ्कनले यही नै एउटा ठूलो कारण भएको र यसैले गर्दा हामी आज यो असफल र अनावश्यक युद्धको स्थितिमा आइपुगेको बताएका छन्।

ट्रम्पको यो भनाइ यस्तो समयमा आएको छ, जब अमेरिका र इरानबीच मध्यस्थकर्ताहरूमार्फत परमाणु मुद्दा लगायत अन्य विषयहरूमा वार्ताको प्रयास जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *