३८.४५ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

डिसी नेपाल
१२ माघ २०७८ १५:१३
96
Shares

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३८.४५ अङ्कले घटेर २ हजार ७७६.६१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ९३ लाख ५८ हजार ६५१ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १६ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय १२ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ बाट उपसुचकहरु राताम्मे भएका छन् । आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.