देवदहमा भेटिएका शवको अझै पहिचान भएन
काठमाडौं ।रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि जङ्गलमा मङ्गलबार भेटिएको एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताए । इलाका प्रहरी कार्यालय बुटवलको सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४/३५ वर्षीय महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी छ/सात वर्षीय बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।







डिसी नेपाल








Facebook Comment