ह्वातै घट्यो सुनको मूल्य

डिसी नेपाल
१३ माघ २०७८ ११:३३

काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य ह्वातै घटेको छ। बिहिबार छापावाला सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ क्कयम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँले कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *