दुई कम्पनीको ६ लाख ३१ हजार ९६७ कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
१३ माघ २०७८ ११:५१

काठमाडौं : दुई कम्पनीको ६ लाख ३१ हजार ९६७ कित्ता संस्थापक सेयर आज (माघ १३ गते, बिहीबार) देखि बिक्री खुल्ला भएको छ। एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष र आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो।

नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता र आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता सेयर लिलामीमा ल्याएको हो । नागरिक लगानी कोषमा ११ सय ८३ रुपैयाँ र आरएमडीसी लघुवित्तको ४ सय  ९४ रुपैयाँ  न्यूनतम मूल्य राखेर बोलकबोल गर्नुपर्नेछ।

यसमा माघ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामीमा राखिएका शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्न सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *