नेशनल लाइफ इन्स्याेरेन्सले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
१३ माघ २०७८ १२:१४

काठमाडौँ। नेशनल लाइफ इन्स्याेरेन्स कम्पनीले आफ्नो लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले १९ प्रतिशतले हुन आउने ६४ करोड ४२ लाख ६८ हजार ९ सय ४९ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । साथै कर प्रयोजनका लागि १ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ८ हजार ८ सय ९२ रुपैयाँ नगद खर्च गर्ने भएको छ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई  कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *