नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने खुम्चियो

डिसी नेपाल
१३ माघ २०७८ १५:१४
116
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २ हजार ७७९.९३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २० करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार १ सय ३१ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अपि पावर कम्पनीको कारोबार भएको छ ।

आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र युनाइटेड इदीमादी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.