शंकरापुर नगरपालिकामा दम्पत्ती मृत फेला

डिसी नेपाल
१३ माघ २०७८ १५:२६
84
Shares

काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पत्ती मृत फेला परेका छन्। शंकरापुर–३, बोजेजीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि भित्र गएर हेर्दा दुवै जना मृत देखिएको थिए। उनका छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर भित्र पसेका थिए।

बुधबार राति आगो बालेर सुतेको र निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। हाल उनीहरुको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ ।

उनीहरुको मृत्युपछि महनागरीय प्रहरी बौद्ध वृत्त र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो। उनीहरुले बाहिरी चोटपटकहरु नभएको र निसास्एिकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.