कन्चनपुरका एक युवाले गरे पोर्चुगलमा आत्महत्या !

डिसी नेपाल
१४ माघ २०७८ ६:०२
920
Shares

पोर्चुगल। कन्चनपुर महेन्द्रनगरका एक युवाले पोर्चुगलमा आत्महत्या गरेका छन्। अल्गार्भ क्षेत्रको एक कृषि कम्पनीमा कार्यरत महेन्द्रनगरका तर्कराज भट्टले झुण्डिएर आत्महत्या गरेका हुन्। अल्बुफ़ेइरा नजिकै अल्मोग्राफ जियामा बस्दै आएका भट्टले आज बिहान घर नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेका छन्।

मृतक भट्टको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको बताइएको छ। दुई बर्षअघि मात्रै रोजगारीको सिलसिलामा पोर्चुगल आएका भट्ट नेपालमा त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेर शिक्षण पेशामा संलग्न थिए।

उनले केही समय अघि मात्रै अस्थायी बसोबास अनुमति पत्र पाएका थिए। पछिल्लो एक महिनामा पोर्चुगलमा नेपाली समुदायमा आत्महत्याको यो दोश्रो घटना हो। एक महिनाअघि मात्रै चितवनका तोक नारायण गुरुङले पोर्चुगलमा आत्महत्या गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.