जल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपिओ आउँदै

डिसी नेपाल
१४ माघ २०७८ ९:०८

काठमाडौँ। जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड २२ लाख रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो ।

संस्थाले जारी गर्ने आइपिओ मध्ये  ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणहरुको लागि जारी गर्ने भएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *