डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर विक्रीमा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १ लाख २८ हजार ८ सय १२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । संस्थाले शेरधनी विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स नेपाल) को नाममा रहेको उक्त सेयर विक्री गर्न लागेको हो ।
यसमा कम्पनीका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् । यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय सितापाईला , काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment