एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१४ माघ २०७८ ११:०५

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरको छ । बिहिबार बसेको सञ्चालक समितिको ३४५ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनश सेयर दिने निर्णय गरेको हो। साथै, बोनशमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

कम्पनीले १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३ सय ५ रुपैयाँबराबरको बोनस सेयर दिने भएको छ। साथै, कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार ४ सय ३७ रुपैयाँबराबरको नगद खर्च गर्ने भएको छ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ। हाल बैंकको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *