बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ अर्बले बढ्यो

डिसी नेपाल
१४ माघ २०७८ १४:१४

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा ७ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १३ गते निक्षेप ७ अर्बले बढेर ४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघ १२ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५१ अर्ब रूपैयाँ रहेको थियो।

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेपनि कर्जा लगानी भने स्थिर रहेको छ । माघ १२ गते ४६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा माघ १३ गतेसम्म कुनै परिवर्तन नभई सोहि रकम रहेको तथ्यांकमा उल्लेख छ ।

माघ १२ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६० प्रतिशत रहेकोमा १३ गतेसम्ममा घटेर ९०.४८ प्रतिशत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *