नेपाल राष्ट्र बैंकले १० करोड ४८ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै

डिसी नेपाल
१४ माघ २०७८ १४:४५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० करोड ४८ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न कोषमा रहेका उक्त रकम राष्ट्र बैंकले आउँदो फागुन २ गतेदेखि २०७९ फागुन १ गतेसम्म १ वर्षको लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ८ अर्ब ३९ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १ करोड ५७ लाख रुपैयाँ र फाइनान्समा ५२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।

बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने बैंक तथा बित्तिय संस्थाले माघ १८ गते १२ बजेसम्म आफूलाई चाहिएको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खोली इमेलमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेको छ। मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ।

त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *