विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ

डिसी नेपाल
१६ माघ २०७८ ९:११
132
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा  र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २६ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६५ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ८३ पैसा र बिक्री दर ८४ रुपैयाँ २५ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ ०८ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.