साधना लघुवित्तको खुद नाफा ११५.९१ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?

डिसी नेपाल
१६ माघ २०७८ १०:१३
248
Shares

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ११५.९१ प्रतिशतले बढी हो। गत वर्ष सोहि अवधिमा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश :  ६१.४५ प्रतिशत र १०९.४४ प्रतिशतले बढेको छ । गत वर्ष ९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष बढाएर १४ करोड ८८ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । सञ्चालन नाफा पनि  ४ करोड ९७ लाख रुपैयाँबाट बढेर १० करोड ४१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको चुक्तापुँजी ३२ करोड १२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ। जगेडा कोषको आकार गत वर्षको तुलनामा ४७.३२ प्रतिशले बढेको हो। गत वर्षको सोहि अवधिमा जगेडा कोषमा ९ करोड २९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खुद नाफा बढेसंगै प्रति सेयर आम्दानी पनि बढेको छ। दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा छ । खराब कर्जा २.२४ प्रतिशतले घटेर १.२८ प्रतिशतमा आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.