दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको भाउ कति पुग्यो ?

डिसी नेपाल
१६ माघ २०७८ ११:५७
80
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको एक घण्टा नबित्दै विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो।

विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने  बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्तको शेयर मूल्य १ सय ३३ रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता १ हजार ४ सय ७२ रुपैयाँ पुगेको छ । यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ५० रुपैयाँ ९० पैसाले बढेर ५ सय ६० रुपैयाँ ४० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.