धौलागिरि लघुवित्तले ३ लाख कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
काठमाडौँ। धौलागिरि लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्ने भएको छ। संस्थाले ३ लाख कित्ता आइपिओ जारी गर्न लागेको हो।
संस्थाले उक्त आइपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको छ । संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रधान कार्यालय बागलुङमा रहेको धौलागिरि लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजतपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आईरहेको संस्था हो । पुस मसान्तसम्ममा यस संस्थाले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने निक्षेप ६२ करोड १४ लाख रुपैयाँ सङ्कलन भएको छ । कम्पनीको अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ । हाल चुक्ता पुँजी ७ करोड रहेकोमा आइपिओ निष्काशन भएपछि १० करोड चुक्ता पुँजी कायम हुने संस्थाले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment