आइतबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अङ्कले बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको छ ।
आइतबारको कारोबारमा विन नेपाल लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लिबर्टी इनर्जी कम्पनी र शिव श्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको १ करोड ३१ लाख ५५ हजार ४३२ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment