अभियान लघुवित्तको आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं– अभियान लघुवित्त वित्तीय संस्थाले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो।
आइपिओ निष्काशन गर्न संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
हाल संस्थाकोको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रूपैयाँ, र चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ। सेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ।
संस्थाले २०७६ मंसिर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुभारम्भ गरेको हो। पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपालभर ६० शाखा कार्यालयमार्फत कारोबार गरिरहेको छ।







डिसी नेपाल








Facebook Comment