सोमबार यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १४.४८ अङ्कले घटेर २ हजार ८७१.०५ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
सोमबारको सेयर बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर,छ्यांदी हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटि एण्ड डेभलपमेन्ट, सीईडीबी हाइड्रोपावर,जीवन विकास लघुवित्त,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी र महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएको छन् ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।








डिसी नेपाल








Facebook Comment