अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको यस्तो छ विनिमय दर

डिसी नेपाल
१८ माघ २०७८ १०:०७
320
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ०८ पैसा  र बिक्री दर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा रहेको थियो  ।

यस्तै, युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ११ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७४ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९७ पैसा र बिक्री दर ८४ रुपैयाँ ३९ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७४ पैसा र बिक्री दर ३१ रुपैयाँ ९० पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ९० पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.