भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

डिसी नेपाल
१८ माघ २०७८ १४:५७
8
Shares

नयाँ दिल्ली। भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ। भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सितारमणले सो जानाकारी दिएकी हुन्।

‘केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठूलो टेवा दिनेछ। डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भनिन्।

ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उनले बताइन्। डिजिटल मुद्रा प्रणालीले सरकारको ‘डिजिटल इन्डिया’ कार्यक्रमलाई एउटा ठूलो सहयोग मिल्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.