१९.३६ अङ्कले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ५७ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक १९.३६ अङ्कले बढेर २ हजार ८९१.३० विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ५७ करोड ४८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेसनल हाइड्रो पावर रहेको छ । यस कम्पनीको ३९ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय १७ रुपैयाँ १० पैसा कायम भएको छ । त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रो पावर र अपि पावर कम्पनीको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ उपसुचक मध्ये ४ उपसुचक घटेको छ भने बाँकी ९ उपसुचक बढेका छन् । आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने नेरुड लघुवित्त विकास बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment