तीन सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment