जल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि आउँदै

डिसी नेपाल
१९ माघ २०७८ ११:१६
80
Shares

काठमाडौँ। जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि आउने भएको छ । संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड २२ लाख रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो ।

संस्थाले जारी गर्ने आइपिओ मध्ये  ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणहरुको लागि जारी गर्ने भएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ  इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागी आवेदन दिन सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.