नेपाल इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।
यसमा कम्पनीका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् । लगानीकर्ताले यसको न्युनतम मूल्य ४०० रुपैयाँ राखेर बोलकबोल गर्नुपर्नेछ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment