प्रभु क्यापिटलको विन्टर अफर: २ वर्षको लागि फ्रि डिम्यट र मेरो सेयर
काठमाडाैं । प्रभु क्यापिटलले विन्टर अफर सार्वजनिक गरेकाे छ । यस अफर अनुसार डिम्याट खाता खोल्न चाहने ग्राहकहरुले प्रभु क्यापिटलमा माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्ष फ्री डिम्यट र मेरो सेयरसहितकाे सुविधा पाउनेछन् ।
इच्छुक ग्राहकहरुले घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा गइ डिम्याट खाता खोल्न सकिन्छ ।
करिब ६ महिना पछि प्राथमिक शेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा यो योजना सञ्चालन गरिएको क्यापिटलले जनाएकाे छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment