सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री खुल्ला
काठमाडौँ। सूर्या लाइफ इन्स्योरेन्सले ८ हजार १ सय ५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
यस सेयरमा कम्पनीको संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्। यस सेयरको न्यूनतम बिक्री मूल्य ३ सय ४ रूपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । आवेदन सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, तेश्रो तल्ला सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल, काठमाडौंमा कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment