समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

डिसी नेपाल
२० माघ २०७८ ९:००
84
Shares

काठमाडौँ। समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले २ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित दरले २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। लगानीकर्ताले यस हकप्रद सेयरमा फागुन ८ गतेदेखि  माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले बिओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–१ मकवानपुरबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.