बिहिबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बुधबार सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment