पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध उदयपुरमा प्रदर्शन

डिसी नेपाल
२१ माघ २०७८ ०:३५
28
Shares

उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध प्रर्दशन गरेका छन् ।

पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गर्दै कोण सभा गरेको हो । जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको भन्दै केन्द्रीय संघर्षका कार्यक्रम अन्तरगत प्रदर्शन सहित कोणसभा गरिएको हो । जनताको दैनिक जीवनसँग जोडिने आधारभूत बस्तुको मुल्यबृद्धि गरेकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे ।

हेर्दा पेट्रोलियम पदार्थमा मात्र मूल्यबृद्धि भएको जस्तो देखिए पनि यसले चौतर्फी असर पार्ने भन्दै उनीहरुले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।

‘पेट्रोलिय पदार्थमा मूल्यबृद्धि हुँदा गाडि भाडा बढ्छ, ढुवानी खर्च बढ्छ, ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्छ, उद्योग कलकारखानाको लागत खर्च बढ्छ ।’ कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य उदयपुर र ओखलढुगा ईन्चार्ज बिबेक कुमालले बताए, ‘यसले समग्र जनताको दैनिकीमा असर गर्छ । यसले जनताको चुलो चुलोमा महंगी बढाउँछ ।

सरकारले मूल्यबृद्धि नियन्त्रण गर्न भन्दा झन् बढाएकोमा आक्रोश पोखे । ‘रक्सौलमा ८४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य नेपाल किन १४२ रुपैयाँ पुग्छ ? उनले भने अहिले देशमा संसद संसद जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन । सबैका मुख्य जड दलाल संसदीय व्यवस्या हो ’ उनले भने, ‘यो व्यवस्थामा जनताको मुक्ति सम्भव छैन । यसैगरी केही समय धकेल्न त सकिएला, समय कटाउन त सकिएला तर वास्तविक समस्याको समाधान हुँदैन् । यो व्यवस्थाको विकल्प खोज्नुपर्छ ।ु

मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर रु १४२, डिजल र मट्टीतेलको प्रतिलिटर रु १२५ कायम भएको थियो । यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले एक हप्ताको आन्दोलन घोषणा गरेको थियो । शुक्रबार नेपाल आयाल निगम घेराउको कार्यक्रम रहेको जनाएका छन । कोण सभामा जिल्लास्थित जनबर्गिय संगठनका नेता तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, नगर ईन्चार्जहरुको उपस्थिति रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.