जाल्पा लघुवित्तकाे आइपिओ आजबाट

डिसी नेपाल
२१ माघ २०७८ ८:१८
148
Shares

काठमाडाैं। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ।

लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ । २५ माघभित्र आइपिओ भरिसक्नुपर्नेछ । सी-आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.