शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२१ माघ २०७८ १०:३६
52
Shares

काठमाडौं। शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। सेयर मूल्य समायोजन पछि कम्पनीको सेयर भाउ प्रतिकित्ता १ हजार ५५०.७७ रुपैयाँ कायम भएको छ । आइतबार यहि मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्ला हुने भएको छ।

कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०ः३ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।

यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.